हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी “विप्लव ”झापाको विशेष बैठक विभित्र निर्णय गर्दै सम्पन्न

झापा ,१३ साउन । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाको विशेष बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बूको प्रमुख आतिथ्यता रहेको बैठकको अध्यक्षता तथा सञ्चालन जिल्ला सचिव प्रशान्त थापाले गरेका थिए भने उक्त बैठकमा पार्टीका जिल्ला सल्लाहकार , जिल्ला सदस्य तथा विभिन्न नगरका नगर इन्चार्ज , जवस प्रमुख लगायतको उपस्थिति रहेको थियोे ।

Advertisement

उक्त बैठकलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज लिम्बूले पार्टीले कुनै हालतमा सैद्धान्तिक रुपमा संसदीय व्यवस्था नस्विकार्ने बताउँदै पार्टीको कार्यनीतिमा सबै स्पस्ट हुनुपर्ने बताए । लिम्बूले देश यतिबेला साम्राज्यवादी दलालहरुको हातमा पुगिसकेको र संसदीय दलका नेताहरुले जनताको हितमा नभएर राष्ट्रघाती काम गरिरहेको भन्दै राष्ट्रघाती कदमका विरुद्ध पार्टीले जनताको उपस्थितिमा सशक्त संघर्ष गर्ने उद्घोष गरे । उनले आगामी असोज १ गतेदेखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनमा केन्द्रित रहेर काम गर्न र जनताका समस्यासँग नजिक रहेर काम गर्न नेताकार्यकर्तालाई निर्देशित गरेको जिल्ला सचिव प्रशान्त थापाले जानकारी दिए।

उक्त विशेष बैठकले नेताकार्यकर्ताहरुलाई प्रत्यक्ष श्रम र उत्पादन सँग जोडिन पहल गर्दै पार्टीले जारी गरेको संघर्षका कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । साथै आगामी भदौ १० गतेसम्ममा जिल्लाका सबै नगरको सम्मेलन सम्पन्न गर्ने र नगर सम्मेलन सकिए लगत्तै जिल्ला सम्मेलन गर्ने तयारी गरेको सचिव थापाले जानकारी दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)