हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपाल र जिम्बावे बीचको खेल तालिका परिवर्तन

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा जिम्बावे‘ए’ विरुद्ध खेल्ने टी–ट्वान्टी र एकदिवसीय सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेल तालिका परिवर्तन भएको जनाएको छ ।

Advertisement

अब नेपाल र जिम्बावे ‘ए’ बीच पहिले टी–ट्वान्टी सिरिज हुनेछ भने एकदिवसीय सिरिज दोस्रोमा हुनेछ । क्यानले टी–ट्वान्टी सिरिजका लागि आज नै टिम घोषणा गर्ने छ । यसअघिको सुरुआतमा एकदिवसीय र त्यसपछि टी–ट्वान्टी हुने तालिका रहेको थियो ।

Advertisement

नेपाल र जिम्बाबे बीचको पहिलो एकदिवसीय आज शनिबार हुने तय थियो । तर, वर्षाको कारण खेल स्थगित भएको थियो । नेपाल र जिम्बावे ‘ए’बीचको पहिलो टी–ट्वान्टी आइतबार हुनेछ । – File Photo

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)