हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गियो

काठमाडौं नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गिएको छ । बिहिबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतबीच एक–एक गोलको बराबरी खेलेका हुन् ।

Advertisement

खेलको पहिलो हाफमा नेपालले एक गोल गरी अग्रता कायम गरेको थियो । खेलको ३६ मिनेटमा नेपालका अन्जन बिष्टले गोल गरी अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा खेलको ६१ मिनेटमा भारतका अनिरुद्ध थापाले गोल गरी टिमलाई बराबरी बनाए ।

Advertisement

त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । उक्त खेलमा अन्जनले भारतका डिफेण्डर चिङ्लेन्साना सिङ कोन्साम र गोलकिपर गुरप्रीत सिंहको समन्वय अभावमा बल खोस्दै गोल गरेका थिए । अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)