हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

न्यूयोर्क सिटीको एक चिडियाखानाको बाघमा कोरोना संक्रमण

काठमाडौँ। अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि कोरोनाभाइरसको लक्षण देखिएको जानकारी दिएको छ।

Advertisement

‘हामीलाई थाहा भएअनुसार जंगली जनावरमा देखिएको यो पहिलो संक्रमण हो,’ ब्रोन्क्स चिडियाखानाका प्रमुख पशु चिकित्सक पल क्यालेले बताए। नादिया नाम दिइएको उक्त बाघ कोही संक्रमित व्यक्तिबाट सरेको अनुमान गरिन्छ।‘सम्भवतः संक्रमणको कुनै लक्षण नदेखिएका चिडियाघरका कर्मचारीमार्फत् बाघमा यो सरेको हुनसक्छ, यही एउटा कुराले मात्रै अर्थ राख्छ,’ क्यालेले भने ।उक्त चिडियाघर मार्च १६ तारिखदेखि आगन्तुकका लागि बन्द गरिएको छ।

Advertisement

यसअघि विभिन्न घरपालुवा जनावरमा कोभिड–१९ को संक्रमण देखिएको थियो। हङ्गकङमा पोमेरानियन र जर्मन सेफर्ड जातका दुईवटा कुकुर र बेल्जियमको घर पालुवा बिरालोमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।मार्च महिनाको अन्तिम हप्तामा सुख्खा खोकी लागेपछि चार वर्षको बाघ नादियाको अप्रिल २ तारिखमा कोरोनाभाइरसको परीक्षण गरिएको क्यालेले जानकारी दिए। नादियाका बहिनीहरु दुईवटा साइबेरियन बाघ र तीनवटा अफ्रिकी बाघलाई पनि खोकी लागेको र उनीहरुले खान मन नगरेको बताइएको छ।

 

यद्यपि, उनीहरुमा कोरोनाभाइरसको परीक्षण भने गरिएको छैन। चिडियाघरमा जम्मा सातवटा बाघ पशु चिकित्सकको निगरानीमा रहेका छन्। यी सबै निको हुने आशा गरिएको छ।ब्रोन्क्स चिडियाघर सञ्चालन गर्ने वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले यो रोग जनावरहरुमा कसरी सर्छ र यसको प्रभाव कस्तो रहन्छ केही थाहा नभएको बताउँदै सावधानी अपनाउन आग्रह गरेको छ।

स्रोतस् नेसनल जियोग्राफिक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)