समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खान र पत्नी बुशरा बीबीलाई १७ वर्ष जेल सजाय

रावलपिन्डी । पाकिस्तानको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ।

संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले शनिबार रावलपिन्डीस्थित अडियाला कारागारमा सुनुवाइपछि उक्त फैसला सुनाएको हो। अदालतले दुवै जनालाई जनही १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकेको छ। जरिवाना नतिरेमा थप कैद भोग्नुपर्ने आदेश दिइएको छ।

विज्ञापन (Advertisement)Advertisement

विशेष न्यायाधीश शाहरुख अर्जुमन्दका अनुसार इमरान खानलाई आपराधिक विश्वासघात तथा साझा उद्देश्यसम्बन्धी मुद्दामा १० वर्ष र सरकारी पदको दुरुपयोगसम्बन्धी मुद्दामा ७ वर्ष गरी कुल १७ वर्षको सश्रम कारावास सुनाइएको हो। बुशरा बीबीलाई पनि समान सजाय सुनाइएको छ।

यसअघि खान दम्पतीले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका थिए। अदालतले भने भ्रष्टाचार निवारण ऐन तथा पाकिस्तान दण्ड संहिताका विभिन्न धाराअनुसार उनीहरूलाई दोषी ठहर गरेको छ। पछिल्ला दिनमा कानुनी झमेलामा फसेका इमरान खानका लागि यो फैसला ठूलो राजनीतिक धक्काका रूपमा हेरिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)