हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ९ महिना अगाडि

पुजारी राम दुलार साहको हत्यामा निष्पक्ष छानबिनको माग

राजविराज : सप्तरीको राजविराजमा पुजारी राम दुलार साहको हत्याको विरोधमा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको छ।

Advertisement

तेलि कल्याण समाज नेपाल, सप्तरीको आयोजनामा गजेन्द्र नारायण चौकमा सम्पन्न कार्यक्रममा सहभागीहरूले हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रहरी प्रशासन मुखदर्शक बनेको आरोप लगाएका छन्।

Advertisement

कार्यक्रममा तेलि कल्याण समाज नेपाल सप्तरीका जिल्ला अध्यक्ष अमृत लाल साहको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार नेत्र विक्रम साहको विशिष्ट आतिथ्य रहेको थियो। सो अवसरमा केन्द्रीय सदस्य तथा केन्द्रीय महिला अध्यक्ष सुनिता कुमारी साह, साह सेवा सदनका जिल्ला अध्यक्ष योगेन्द्र साह, जिल्ला सदस्य रमानन्द साह, जिल्ला सहसचिव सिंगेश्वर साह, वैश्य समाज जिल्ला अध्यक्ष श्याम साह, जिल्ला सचिव योगेन्द्र प्रसाद साह, जिल्ला महिला अध्यक्ष प्रमिला साह, युवा नेता घनानन्द यादव, नेपाली कांग्रेसका नेता इन्द्रदेव साह, राजु साहलगायतले आ–आफ्ना धारणा राखेका थिए।

वक्ताहरूले पुजारी साहको हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। कार्यक्रममा उपस्थित सबैले दिप प्रज्ज्वलन गरी एक मिनेट मौन धारण गरेका थिए।

सो अवसरमा आगामी दिनमा सबै संघ–संस्था, राजनीतिक दल र आम नागरिक एक भएर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)