झापा । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेलाई काठमाडौंबाट पक्राउ गरेको छ।

सरकारी बोलपत्र (टेन्डर) को वेबसाइटमा अनधिकृत पहुँच पुर्‍याई आफ्नै कम्पनीलाई ठेक्का पारेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीले पुष्टि गर्नुभएको छ।

पाण्डेमाथि सरकारी प्रणालीको गोपनीयता भङ्ग गरी प्रतिस्पर्धालाई प्रभावित पारेको गम्भीर कसुरमा अनुसन्धान अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार