हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रचण्डको भविष्यवाणी माओवादीले देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनले देशको नेतृत्व माओवादीले लिने भविष्यवाणी अहिले नै गरेका छन् ।

Advertisement

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा त तेस्रो स्थानमा पुगेको प्रचण्डको पार्टी माओवादीले देशको नेतृत्व लिने कुरा शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले दाबी गरेका हुन् ।

Advertisement

प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनबाट माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दावी गर्दै भने नेपालमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन ।

नेकपा माओवादी पार्टीकै जोडबलमासंघीय संसदबाट नागरिकतासम्बन्धी विधेयक पारित हुन लागेको बताउँदै प्रचण्डले भने आउँदो चुनावमा माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने सक्नेवाला छैनन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)