हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेश दुईमा जसपाको राजनीतिक सरगर्मी

,

Advertisement

सप्तरी । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएसँगै प्रदेश–२ सरकार परिवर्तन हुने चर्चा सुरु भएको छ ।

Advertisement

यस्तो चर्चासँगै पार्टीका नेताहरुको दौडधुप पनि बाक्लिएको छ । संघिय सरकारमा विपक्षी दलको भूमिका निर्वाह गरिरहेको र प्रदेश–२ मा सरकारको नेतृत्व गरिरहेको पार्टीले संघीय सरकार र आफ्नो नेतृत्वको प्रदेश सरकारका सफलता÷असफलतलाई कसरी मूल्याङ्कन गरिरहेको छ भन्ने पनि महत्वपूर्ण प्रश्न छ । प्रदेश–२ मा हाल समाजवादी पार्टी र राजपा नेपालको अलग अलग संसदीय दल छन् ।

दुवै दल एक भएपछि संसदीय दलमा जसपा नेपाल अस्तित्वमा आउने छ । जसपा नेपालका संसदीय दलका नेता हुने व्यक्ति नै अब प्रदेश–२ को मुख्यमन्त्री हुनेछ । त्यसैले संसदीय दलको नेता बन्नका लागि नेताहरुको दौडधुप शुरु भएको छ । संसदीय दलका आकांक्षीमा हालका मुख्यमन्त्री लालवावु राउतसहित जितेन्द्र सोनल, मनिष सुमन, योगेन्द्र राय यादव, विजय यादवलगायत हुनुहुन्छ ।

तर जसपा अध्यक्ष उपेन्द्र यादवले प्रदेश–२ मा सरकार परिवर्तनको हल्ला मात्र भएको बताउनुभएको छ । ‘अहिल्यै सरकार परिवर्तन हुँदैछ, भोलि नै परिवर्तन हुँदैछ भनि जुन हल्ला बजारमा छ, त्यो हावा कुरा हो ।’ उहाँले भन्नुभयो–‘यस विषयमा पार्टीमा कुनै छलफल नै भएको छैन । कसैले यसको बारेमा चर्चा पनि गरेको छैन ।’ कार्यकारिणी समितिको बैठकमा यो विषयमा कुनै कुरा नउठेको अध्यक्ष यादवको भनाई छ ।

उहाँले भन्नुभयो–‘कसै–कसैलाई मन्त्री बन्ने रहर जागेको होला । फलानोभन्दा यो राम्रो हुन्छ, मैले पनि मौका पाउनुपर्छ, मैले मौका पाए यो गर्थेँ–त्यो गर्थेँ भन्ने लाग्नेले त्यसका लागि प्रयास गर्नु स्वाभाविक हो तर पार्टीमा यस विषयमा कुनै छलफल भएको छैन ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)