हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदेश १ का १० सांसद एमाले परित्याग ,मुख्यमन्त्री भीम आचार्य अल्पमतमा

प्रदेशका १ का १० सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका छन् । आज (बुधबार ) १० जना सांसदहरुले प्रदेश १ को निर्वाचन आयोगको कार्यालयमा गएर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै सनाखत गरेका थिए ।

Advertisement

सांसदहरु राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले उपेन्द्र घिमिरे, राजेन्द्र राईले सनाखत गरेका छन् । उपेन्द्र घिमिरे र कृष्णकुमारी राईको परिचय पत्र हराएकाले प्रदेशसभामा पुगेका उनीहरुले पनि ढिलो गरी सनाखत गरेका हुन् । यसअघि आठ जना सांसदले सनाखत गरिसकेका थिए ।

Advertisement

९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद छन् । १० सांसद नेकपा ( एकीकृत समाजवादी)मा गएसँगै अब प्रदेश १ मा नेकपा एमालेमा ४१ जना सांसद मात्र रहेका छन् । एमालेका १० जना सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)