समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनए पुनः एकीकृत, ६ जनालाई पूर्वअध्यक्षको मान्यता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) करिब चार वर्षपछि फेरि एकीकृत भएको छ। आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीलाई साक्षी राखेर एकता–सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

एकता सहमति अनुसार, डा. बद्री केसी नेतृत्वको कार्यसमिति तथा सर्वोच्चको परमादेशपछि निर्वाचित महेश श्रेष्ठ नेतृत्वलाई मान्यता दिइएको छ। दुवै पक्षले १२औँ महाधिवेशन सन् २०२६ अप्रिल १७ भित्र सम्पन्न गर्ने सहमति गरेका छन्।

विज्ञापन (Advertisement)Advertisement

सहमतिअनुसार, विवादका कारण विगतमा बनेका विभिन्न कार्यसमितिलाई पूर्वकार्यसमिति मान्यता दिइनेछ। यस आधारमा बद्री केसी, महेश श्रेष्ठसहित कुल आचार्य, रबिना थापा, विनोद कुँवर र आरके शर्मालगायत ६ जनाले पूर्वअध्यक्षको हैसियत पाउनेछन्।

आगामी महाधिवेशनलाई पारदर्शी र विश्वसनीय बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिने सहमति भएको छ। कमिटीमा केसी, श्रेष्ठ, कुल आचार्य, आरके शर्मा, विनोद श्रेष्ठलगायतको सम्मानजनक सहभागिता रहनेछ।

तर, शेष घलेसमूहले भने एकताप्रति पूर्ण सहमति नभएको र टिमभित्र थप छलफल गरेर मात्र अघि बढ्ने बताएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)