प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्ति लगायत निर्णय गरेको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्यसचिव शंकरदास वैरागी लगायतको उपस्थित थियो ।
यस्ता छन् निर्णयहरूः
१. योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त ।
२. लुम्बिनी प्रदेश प्रमुखमा चितवनका पृथ्वीमान सिंह गुरुङ नियुक्त
३. गण्डकी प्रदेश प्रमुखमा चितवनका अमिक शेरचन नियुक्त
४. कार्यबाहक प्रधानसेनापतिको जिम्मेवारी रथी प्रभुराम शर्मालाइ दिने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















