हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधानमन्त्री ओलीको नयाँ प्रस्ताव:मंसिरमा एकता महाधिवेशन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन्।

Advertisement

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन्।

Advertisement

कर्णाली सन्देशका अनुसार शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव राखेका हुन्। तर, नेताहरुले प्रस्ताव सकारात्मक भएपनि पत्याउन नसकिने सचिवालय बैठकमा नेताहरुले बताएका छन्।

विगतमा यस्ता प्रस्ताव आएको मात्र होइन, निर्णय हुँदा पनि कार्यान्वयन नभएको भन्दै नेताहरुले बैठकमा लिखित प्रस्ताव ल्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)