हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

प्रधानमन्त्री ओलीद्वारा दमकमा ४४ करोड लागतको सडक आयोजना उद्घाटन

झापा — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दमक नगरपालिका अन्तर्गत मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजना उद्घाटन गर्नुभएको छ। विश्व बैंकको सहयोगमा निर्माण भएको उक्त सडक ४.८६ किमी लामो छ। कुल लागत ४४ करोड २४ लाख रुपैयाँ रहेको सडक नेपालभरका १७ नमूना सडक आयोजनामध्ये एक हो।

Advertisement

नगरपालिकाको गौरवको आयोजनाको रूपमा रहेको यो सडक समयमै सम्पन्न भएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो। उहाँले मेचीदेखि महाकालीसम्मका अधुरा योजना सम्पन्न गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। “देशभर विकासको लहर चलिरहेको छ, यो सडक त्यसकै एउटा कडी हो,” प्रधानमन्त्री ओलीले उद्घाटन समारोहमा भन्नुभयो।

Advertisement

कार्यक्रममा उहाँले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण गरिने घोषणा पनि गर्नुभयो। साथै, स्वयंसेवी भावनाका साथ सञ्चालित निःशुल्क अनलाइन कक्षाले यस वर्ष एसईईको नतिजा १३ प्रतिशतले सुधार भएको पनि जानकारी दिनुभयो।

भ्रमणका क्रममा उत्पन्न केही आलोचनाप्रति प्रतिक्रिया दिँदै ओलीले भन्नुभयो, “स्पेन भ्रमण सफल भएको तथ्य ओझेल पार्न केही अराजक तत्वहरूले झुटा प्रचार गरिरहेका छन्। त्यस्ता आरोपको कुनै जवाफ दिनु आवश्यक छैन।”

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्री शेरधन राई, उद्वव थापा लगायतको उपस्थिति रहेको थियो। फाइल तस्बिर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)