हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधानमन्त्री ओलीले भने- ‘मेराविरुद्ध फेरि घेराबन्दी गरियो’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को सचिवालय बैठकलाई सम्बबोधन गगर्ने क्रममा ओलीले आफूलाई फेरि घेराबन्दीमा पारेको दुखेसो पोखेका छन् ।

Advertisement

बैठकमा प्रधानमन्त्रीले भने, ‘तपाईंहरूले फेरि मेराबिरुद्ध घेराबन्दी गर्नुभयो । ठीकै छ, वामदेवजीलाई लैजाऔं । बरु, कसैलाई राजीनामा गर्न लगाएर भएपनि युवराज खतिवडालाई लैजानको लागि तपाईंले आवश्यक वातावरण बनाउन पर्यो ।’ ओलीको युवराजलाई पनि राष्ट्रियसभामा लैजान गरेको आग्रहलाई प्रचण्डले सम्भव नभएको भन्दै अन्त कतै सेटल गर्ने आश्वासन दिएका थिए ।

Advertisement

सरकारका तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडालाई समेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गरेकी थिइन् । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन सदस्य नियुक्त गर्ने प्रावधान छ ।

यसअघि सिफारिशसहित नियुक्त भएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण बिडारी र विमला पौडेल रहेका छन् । तीमध्ये डा खतिवडाको दुईवर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)