हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता संवादलाई निरन्तरता दिने समझदारी

oli-modi
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी (प्रधानमन्त्री नरेन्द्र मोदी)बीच टेलिफोन वार्ता भएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर दुई प्रधानमन्त्री कुराकानी भएको र वार्ता–संवादलाई निरन्तरता दिने समझदारी भएको प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
“उहाँहरूबीच ११ मिनेट कुराकानी भयो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग अप्रिल १० तारिखमा पनि कुराकानी गर्नुभएको थियो । त्यसबारेमा पनि स्मरण गराउनुभयो । उहाँहरूबीच द्विपक्षीय चासोका विषयमा कुराकानी भयो ।” ओली–मोदीको संवादलाई भोलिका दिनमा पनि निरन्तरता दिने र वार्ताबाटै अहिले देखापरेका समस्या समाधान गर्नेबारे कुराकानी भएको उनको भनाइ छ ।
“आजचाहिँ मूलतः भारतीय स्वतन्त्रता दिवसका सन्दर्भमा शुभकामना दिनुभएको हो । त्यो दिनेक्रममा नै अरू विषयमा पनि कुराकानी भएको छ,” उनले भने

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)