काठमाडौं ।मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संरक्षक दुर्गा प्रसाईंले सोमबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन्। विभिन्न मागसहित प्रधानमन्त्रीसँग भेटवार्ताका लागि पुगेका प्रसाईंले सो अवसरमा मूर्ति हस्तान्तरण गरेका हुन्।

नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंले आफ्ना २७ बुँदे मागका प्रमुख बुँदाबारे प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग छलफल गरेका थिए।

सिंहदरबार स्रोतका अनुसार, प्रसाईंको तर्फबाट १९ जना प्रतिनिधि वार्तामा सहभागी थिए। राजनीतिक रूपमा संवेदनशील मानिएको यो संवादले पछिल्लो तनावपूर्ण वातावरणमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री कार्कीले समसामयिक राजनीतिक तथा सामाजिक विषयमा विस्तृत छलफल गर्न प्रसाईंलाई मंसिर २२ गतेको समय निर्धारण गरेकी थिइन्। भेटका क्रममा प्रसाईंले आफ्नो समूहले मंसिर ६ देखि राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयन नहुँदोमा असन्तुष्टि व्यक्त गर्दै सरकारको प्रतिवद्धता व्यवहारमा नआएको बताएका छन्।

वार्ता सकारात्मक दिशातर्फ अघि बढ्ने अपेक्षा राख्दै दुवै पक्षले आवश्यक व्यवस्थापनबारे थप समन्वय गर्ने संकेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार