हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

फाँसीको सजाय रोक्न भारतीय अदालतको आदेश

एजेन्सी । निर्भया बलात्कार हत्याकाण्डका आरोपीलाई सुनाइएको फाँसीको सजाय रोकिएको छ । शुक्रबार दिल्लीस्थित पटियला हाउस अदालतले दोषीलाई तत्काल फाँसी नदिने निर्णय सुनाएको हो ।१६ डिसेम्बर २०१२ मा दिल्लीमा भएको सो काण्डमा मुकेश सिंह, विनय शर्मा, अक्षयकुमार र पवन गुप्तालाई दोषी ठहर गर्दै फाँसी दिने फैसला सुनाइएको थियो । चारै जनालाई १ फरवरीमा फाँसीमा झुण्ड्याउने तयारी थियो ।

Advertisement

सन् २०१२ डिसेम्बर १२ को राति नौ बजे मेडिकल कलेजकी छात्रा २३ वर्षीया निर्भया र उनका केटा साथी बस चढेका थिए। बसका चालक र अन्य पाँच पुरुषले ती महिलालाई सामूहिक बलात्कार गरेका थिए र उनका केटा साथीलाई नराम्ररी कुटपिट गरेका थिए । नग्न र रक्ताम्य अवस्थामा उक्त जोडीलाई बाटोको छेउमा फालिएको थियो।

Advertisement

बाटो हिँडिरहेका केही मानिसले उनीहरूलाई देखेपछि अस्पताल पुर्‍याए र प्रहरीलाई खबर गरेका थिए । निर्भयाको पन्ध्र दिनपछि मृत्यु भएको थियो।एक आरोपीलाई नाबालक भन्दै त्यसबेलानै सफाई दिइएको थियो भने अर्का एकजना रामसिंहले तिहाड जेलमा आत्महत्या गरेका थिए

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)