हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

 फुटबलका महारथी बेल्जियम र पोर्चुगलआज राती भिड्दै

मिनी बिश्वकप अर्थात युरोकप फुटबलमा आज २ खेलहरु हुदैछन् । युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आज राति दुई खेलहरु हुन लागेको हो । आजको पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा दोस्रो खेलमा बेल्जियम र पोर्चुगलले आपसमा प्रतिस्पर्धा गर्दैछन् ।

Advertisement

हंगेरीको पुस्कास एरिना खेल मैदानमा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति पौने १० बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली बाजी मार्दै अन्तिम आठमा पुग्ने होडमा रहेको छ । आजको खेलको बिजेता टोलीले क्वाटरफाईनलमा डेनमार्क संग भिड्ने छ ।

Advertisement

समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो । समूह चरणको खेलमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोडेको थियो ।

आजको अर्को खेल भने सबैको चासोको बिषय रहेको छ । आज स्पेनको सेभियामा हुने खेलमा फुटबलका दुई शक्तिशाली टोली बेल्जियम र पोर्चुगलबीच हुनेछ । यी दुबै टिमको खेल राती पौने १ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्ने दाउमा रहेको छ । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै अपराजित रहेको छ ।

बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ । साविक विजेता समेत रहेको पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो । पोर्चुगल समूहको तेस्रो स्थानमा रहेको थियो । तर, पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।

बेल्जियम र पोर्चुगलबीच ठुला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको पाँच खेलमा भने पोर्चुगलको नतिजा राम्रो रहेको छ । पोर्चुगलले बेल्जियमविरुद्ध ३ जित निकाल्दा २ खेल बराबरी खेलेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)