समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

बंगलादेशमा धर्मको अपमान आरोपपछि हिन्दू युवकको हत्या

बंगलादेशको मयमनसिंह जिल्लाको भालुका उपजिल्लामा धर्मको अपमान गरेको आरोपमा एक हिन्दू युवकको कुटपिट गरी हत्या गरिएको छ। प्रहरीका अनुसार बिहीबार राति आक्रोशित भीडले युवकलाई नियन्त्रणमा लिएर कुटपिट गरेको थियो।

मृतकको पहिचान दिपुचन्द्र दासका रूपमा भएको छ। उनी स्थानीय कपडा कारखानामा काम गर्ने र सोही क्षेत्रमा कोठा भाडामा लिएर बस्दै आएका थिए। भालुका प्रहरी चौकीका ड्युटी अफिसर रिपन मियाँका अनुसार घटना राति करिब ९ बजे दुबलिया पाडा क्षेत्रमा भएको हो।

विज्ञापन (Advertisement)Advertisement

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि मयमनसिंह मेडिकल कलेज अस्पताल पठाइएको छ। प्रहरीले मृतकका आफन्तको खोजी भइरहेको र उजुरी परेपछि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)