हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बंगलादेश पुग्यो नेपाली यू–२३ भलिबल टोली

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश पुगेको छ । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली मंगलबार बंगलादेशको राजधानी ढाका पुगेको हो ।

Advertisement

ढाकामा हुने च्याम्पियनसिप पुष ७ देखि ११ सम्म आयोजना हुँदैछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागि छन् । नेपालले च्याम्पियनसिपको पहिलो खेलमा पुष ७ गते आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)