हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले भोलि शपथ लिने, को-को बन्दैछन् मन्त्री ?

बागमती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । पाण्डेले बुधबार नै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

Advertisement

बागमती प्रदेशमा सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त भएको छ । बागमती प्रदेशमा भोलिनै नयाँ सरकार गठन हुने निश्चित छ । मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक एक जनाले मन्त्रीमा सपथ लिने भएका छन् ।

Advertisement

नेपाली कांग्रेस प्रदेश सभा एक सदस्यका अनुसार भोलि पाण्डेसँगै नेपाली कांग्रेसबाट कृष्ण भडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एसबाट कृष्ण खनालले पनि मन्त्रीको रुपमा शपथ लिँदैछन् । बाँकी रहेको मन्त्रिपरिषद् विस्तार तिहार पछाडि गर्ने गठबन्धनको तयारी छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)