हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बार्सिलोनाबाट विदाइबारे मेस्सीले आइतबार सार्वजनिक प्रतिक्रिया दिँदै

बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिनुहुने भएको छ ।

Advertisement

क्लबले उहाँलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेसीले सम्मेलनमा बोल्नुहुने अपेक्षा गरिएको छ ।

Advertisement

बार्सिलोना क्लबले एक विज्ञप्ति जारी गरी भनेको छ, “चौतीस वर्षीय मेसीले मध्याह्न हुने प्रेस सम्मेलनमा उहाँको बार्सिलोनासँगको सहकार्र्य र बिदाइबारे सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिनुहुनेछ । उहाँको क्लबबाट विदाइ घोषणा भएदेखि यी उहाँका पहिलो सार्वजनिक टिप्पणीहरू हुनेछन् ।

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले शुक्रबार मेसीको सम्झौता नवीकरण गरेर आफू ‘क्लबलाई जोखिममा पार्न’ तयार नभएको कुरा बताउनुभएपछि मेसीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अनेक सम्भावनाबारे समाचारहरू लेखेका छन् ।

बार्साले अगस्त १५ मा ला लिगा सुरु हुनुभन्दा अगाडि ठूलो आर्थिक समस्याको सामना गरिरहेको बताउँदै लापोर्टाले बार्सिलोना अब मेस्सीसँग करार नवीकरण गर्ने सोचमा नरहेको बताउनुभएको छ ।
अर्जेन्टिनी फरवार्डले अन्य प्रस्तावहरूमा विचार गरिरहेको समाचारहरू आईरहेका समय उहाँको प्रेस सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन युरो ९२६४ मिलियन अमेरिकी डलर० का लागि बार्सिलोनाबाट नेयमारलाई किनेको पीएसजी फ्रान्सको रिपोर्टअनुसार मेसीसँग उसले करार गर्न चाहेको बुझिएको छ ।

मेसीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)