झापा — झापाको बिर्तामोड नगरपालिका–१ मा रहेको टोकला चिया फ्याक्ट्रीको अफिसमा आइतबार राति आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।

राति करिब ७:४५ बजे फ्याक्ट्रीको जेनेरेटर रुममा विद्युत् सर्ट भएर आगो लागेको हो।

सूचना पाएलगत्तै प्रहरी र बिर्तामोड नगरपालिकाको दमकल टोली घटनास्थल पुगेको थियो।राति ८ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागी बाट जेनेरेटर पूर्णरूपमा जलेर नष्ट भएको छ। सांकेतिक तस्बिर