बिर्तामोड: बिर्तामोड नगर खेलकुद विकास समितिद्वारा आयोजित छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. १० ले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

वडा नं. १० ले वडा नं. २ लाई ५–० गोल अन्तरले हराउँदै पहिलो सेमिफाइनलमा वडा नं. ७ सँग भिड्ने तय भएको छ। यस खेलमा विकेश लिम्बूले ह्याट्रिक पूरा गरे, भने सुजन लिम्बू र आदित्य गुरुङले एक–एक गोल थपे। खेलको प्लेयर अफ द म्याच विकेश लिम्बू घोषित भए र उनलाई नगद १,५०० रुपैयाँ पुरस्कार दिइयो।

त्यसैगरी, भेट्रान्स फुटबल प्रतियोगितामा पनि बिर्तामोड–१० ले वडा नं. २ लाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। दुबै गोल नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य र हालका राष्ट्रिय प्रशिक्षक प्रवेश कटवालले गरेका थिए। पहिलो हाफमा पेनाल्टीमार्फत गोल गरेका कटवालले दोस्रो हाफमा अर्को गोल थपे।

राष्ट्रिय टिमका अर्का पूर्व सदस्य दिलेन लोक्ताम समेतको उपस्थितिमा वडा नं. १० ले निरन्तर दबाव कायम राख्यो।
भेट्रान्स खेलको प्लेयर अफ द म्याच प्रवेश कटवाल घोषित भए र उनलाई नगद १,५०० रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। आयोजकले बुधबारको अन्तिम क्वाटरफाइनल वडा नं. १ र ५ बीच खेल हुने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार