हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ८ महिना अगाडि

बिहारमा फेरि एनडीए सरकार? अधिकांश सर्वेले देखाए बहुमतका संकेत

झापा ।बिहार विधानसभाको पहिलो चरणअन्तर्गत बिहीबार (नोभेम्बर ६) मा १२१ सिटमा मतदान हुँदैछ। मतदानअघि आएका अधिकांश ओपिनियन पोलहरूले पुनः एनडीए गठबन्धनको पक्षमा बहुमतको संकेत देखाएका छन्।

Advertisement

‘पोल अफ पोल्स’ अनुसार एनडीएले १४३ सिट, महागठबन्धनले ९५ सिट र अन्य दलहरूले ५ सिट पाउने अनुमान गरिएको छ।

Advertisement

आईएएनएस–मैटराइज सर्वे का अनुसार एनडीएले १५३ देखि १६४ सिटसम्म जित्न सक्ने अनुमान छ। यसमा भाजपाले ८३–८७, जेडीयूले ६१–६५, हाम र लोक जनशक्ति पार्टी (रामविलास) ले ४–५ सिट पाउने सम्भावना छ।

महागठबन्धनतर्फ आरजेडीले ६२–६६, कांग्रेसले ७–९ र वामदलहरूले ६–१० सिटसम्म पाउने देखिन्छ।

पोलस्ट्र्याट सर्वे अनुसार एनडीएलाई १३३–१४३, महागठबन्धनलाई ९३–१०२ र प्रशान्त किशोरको जनसुराज पार्टीलाई १–३ सिट मिल्ने अनुमान छ।

त्यस्तै चाणक्य स्ट्र्याटेजी को सर्वेले पनि एनडीएलाई स्पष्ट बहुमतको नजिक देखाएको छ — जसअनुसार एनडीएले १३० भन्दा बढी र महागठबन्धनले ११० भन्दा कम सिट पाउने सम्भावना छ।

ओपिनियन पोलका यी परिणामहरूले संकेत दिएका छन् कि बिहारमा आगामी सरकार फेरि पनि एनडीएकै हुन सक्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)