हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

बुद्धशान्तिका भूमिहीन दलित र सुकुम्बासीलाई धनीपुर्जा वितरण

कीझापा — बुद्धशान्ति गाउँपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गरिएको छ।

Advertisement

नेपाल सरकारको भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाको आयोजनामा सम्पन्न कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–४ का १९५ जनालाई धनीपुर्जा हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पुण्यप्रसाद सुवेदी, चेतकुमारी पौडेल, बुद्धमती लिम्बु, कौशली अधिकारी, विष्णुमाया कुमाल, वेदनिधि तिरुवा र रत्न मावोलगायतलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।

Advertisement

गाउँपालिका अध्यक्ष मनोज प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शर्मासहित केन्द्रिय भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजाल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए।

कार्यक्रममा पालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले धनीपुर्जा वितरणको औचित्यबारे प्रकाश पार्नुभएको थियो भने वडा नं. ४ का अध्यक्ष शेरबहादुर रायले स्वागत मन्तव्य दिनुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)