हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बुन्डेस लिगा: बार्यन म्युनिख दुई खेल बाँकी हुँदै च्याम्पियन

बार्यन म्युनिखले बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ। लगातार नवौँ सिजन च्याम्पियन बनेको हो। जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई ६–० ले पराजित गरेको बार्यन म्युनिख दुई खेल बाँकी हुँदै च्याम्पियन बनेको हो।

Advertisement

यो जित भन्दा केही घण्टा पहिले नै बार्यनको उपाधि पक्का भएको थियो, जब नजिकको दाबेदार आरबी लेइप्जिग बोरुसिया डर्टमुण्डसँग ३–२ ले पराजित भएको थियो। उपाधि पक्का भएपछि भएको खेलमा बार्यनले बोरुसिया मोन्चेङ्ग्लाडवाचमाथि आधा दर्जन गोल प्रहार गरेको हो। लेवान्डोस्कीले दोस्रो, ३४ तथा ६५ औँ मिनेटमा गोल गरे।

Advertisement

यस्तै थोमस मुलरले २३, कोम्यानले ४४ तथा लिरोय सानेले ८५ औँ मिनेटमा गोल गरे। ७५ औँ मिनेटमा निएन्जोउ सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्यन १० खेलाडीमा सीमित भएको थियो। लगातार नवौँ सिजन उपाधि पक्का गरेको बार्यनको जितपछि ३२ खेलबाट ७४ अंक भएको छ। दोस्रो स्थानको आरबीको ६४ अंक छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)