हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बेरुजु भ्रस्टाचार र एमसिसी बिरुद्ध नाराबाजी गर्दै फाकफोकथुम घेराउ

इलाम/ बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिको युवा संगठन नेपालको आयोजनामा आज फाकफोक थुम गांउपालिकाको कार्यलय परिसरमा बिरोध प्रदर्शन भएको छ । महालेखा परिक्षकको प्रतिवेदनमा इलाम जिल्लाको सबैभन्दा बढी बेरुजु फाकफोकथुममा देखिए पछि उक्त भ्रस्टाचारको बिरोध गर्न युवाहरु पुगेका हुन । फाकफोकथुममा पांच करोड साठी लाख साठी हजार बेरुजु निस्किएको थियो ।
उक्त बिरोध प्रदर्शनमा बोल्दै युवा संगठन इलामका संयोजक मदन गजमेर बिद्रोहिले स्थानिय पालिका भ्रष्टचारमा चुर्लुम्म डुबेको र जनताको काम नगरेको बताए । उनले भ्रस्टाचार गर्ने जनप्रतिनिधिहरुलाइ जनताको बिचमा नांगेझार गरेर कारवाही गरेर देखाउछौं भनेर जनप्रतिनिधि लाई चुनौती समेत दिएका छन । फाकफोकथुममा कुनै पनि प्रशासकीय अधिकृत टिक्न नसकेको किन हो ? जनताले सास्ती भोग्नु परेको किन हो ? बिकासका काम नभएको किन हो ? जनताले आवाज उठाउदैनन भनेर मनपरी गरेको हो ? भनेर प्रश्न गर्दै जनताले अब आवाज उठाउने मात्र होइन कठालो समातेर सडकमा पछार्ने भन्दै आक्रोश ब्यक्त गरेका छन । उनले एमसिसी जस्तो रास्ट्रघात यो सरकारले गर्न खोजिरहेको हुनाले सबै जनता आन्दोलनमा सहभागी हुनु पर्ने बताए । दलाल सत्ता बिरुद्ध आंफुहरुले बैज्ञानिक समाजवाद स्थापना गर्ने एकीकृत जनक्रान्ती गरिरहेको हुनाले अब बिद्रोहले नै सबै कुराको फैसला गर्ने कुरा बताए ।
प्रदर्शन कार्यक्रममा युवाहरुले नारावाजी गरेका थिए । भ्रष्टाचारि सरकार मुर्दावाद । एमसिसी खारेज गर । दलालहरु होसियार । एकीकृत जनक्रान्ती जिन्दावाद । जस्ता नाराहरु लगाएका थिए । प्रदर्शन कार्यक्रममा युवाहरु साथै स्थानिय जनताको उपस्थिती रहेको बिनोद मगरले जानकारी दिए ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)