हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता १० महिना अगाडि

बेलायतमा सिख युवतीमाथि यौन उत्पीडन, सांसद प्रीत कौर गिलद्वारा निन्दा

एजेन्सी । बेलायतको वेस्ट मिडल्यान्ड्स क्षेत्रको ओल्डबरीमा एक सिख युवतीमाथि भएको यौन उत्पीडन घटनाप्रति लेबर पार्टीकी सांसद प्रीत कौर गिलले कडा निन्दा गरेकी छन्।

Advertisement

वेस्ट मिडल्यान्ड्स प्रहरीले घटनालाई जातीय अपराधका रूपमा लिई अनुसन्धान भइरहेको जनाएको छ। पीडित युवतीले दुवै श्वेत पुरुष आक्रमणकारीले आफूलाई बलात्कार गरेपछि ‘तिमी यहाँकी होइन, आफ्नो देश फर्क’ भनेको बताएकी छिन्।

Advertisement

सांसद गिलले सामाजिक सञ्जालमार्फत् भनिन्, “सिख महिलामाथि भएको यो भयावह हमला अत्यन्तै हिंस्रक मात्र होइन, यसलाई जातीय विभेदसँग पनि जोडेर हेर्नुपर्छ। हाम्रा समुदायले सुरक्षित र सम्मानित महसुस गर्ने अधिकार पाउनैपर्छ।”

उनले आफ्नो निर्वाचन क्षेत्रका धेरै मतदाताले डर र असुरक्षा महसुस गरिरहेको बताएको उल्लेख गर्दै घटनाले व्यापक असर पारेको जनाइन्। प्रहरीले पीडित २० वर्षीया महिलामाथि दुई श्वेत पुरुषले गरेको आक्रमणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)