हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बेल्जियमलाई समूह चरण पार गराउन असफल बनेपछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिए

काठमाडौं, १६ मंसिर :कतार विश्वकप २०२२ मा बेल्जियमलाई समूह चरण पार गराउन असफल बनेका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका छन् ।

Advertisement

४९ वर्षीय मार्टिनेजले बेल्जियम टोलीसँगै ६ वर्ष सहकार्य गरे । स्पेनिस प्रशिक्षक सन् २०१६ मा मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

Advertisement

बिहीबार राति अहमेद बिन अलि स्टेडियममा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपबाट बाहिरिएको थियो । समूह ‘एफ’ मा बेल्जियम तेस्रो स्थानमा रह्यो ।

सात अंकको मोरक्को समूह विजेता, पाँच अंकको क्रोएसिया उपविजेता बन्दा चार अंकको बेल्जियम र बिना अंकको क्यानाडा समूह चरणबाट माथि बढ्न सकेन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)