हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ब्राजिललाई हराउँदै क्रोएसिया बिश्वकप फुटबलको सेमिफाइनलमा प्रबेश

ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबल बाट बाहिरीएको छ । आज भएको क्वाटरफाइनल खेलमा क्रोएसिया संग पराजित हुदै ब्राजिल बाहिरिएको हो । जित संगै साविक उपविजेता क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

केहिबेर अघि सम्पन्न पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

Advertisement

३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच, मिस्लाभ ओर्सिचले गोल गरे ।ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे ।तर, रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)