हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता १० महिना अगाडि

भगवान बुढानिलकण्ठले हामी सबैको रक्षा गरुन्, हेर्नुहाेस आजकाे राशिफल (२०८२/०५/२७ गते)

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन आलस्यमय रहन सक्छ। समयलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। कार्यक्षेत्र र व्यापार व्यवसायमा इष्टमित्रहरूको सहयोग मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आयस्रोतमा वृद्धि हुनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन्। साना भाइबहिनीहरूमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अन्जान व्यक्तिबाट सावधान रहनुहोला। कार्यक्षेत्रमा योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण रहन सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा बोलीको माध्यमले कार्य सिद्ध हुनेछ। पिताको सहयोगले रोकिएका काम बन्नेछन्। नयाँ कार्यमा प्रतिद्वन्दीहरू हार खाने छन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिश्रम देखेर आफन्तहरुले पनि साथ दिनेछन्। भाग्यको साथ मिल्नेछ। उच्च शिक्षा लाई नयाँ अवसर मिल्ला। निरन्तर प्रयास नै सफलताको कुञ्जी हो। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिक क्षेत्रमा उन्नति हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। सकारात्मक रहने प्रयास गर्नुहोस्।| आजको शुभ रंग खैरो हो भने शुभ अक ६ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचविचार गरेर बोल्दा राम्रो रहनेछ । समय वा परिस्थितिले गर्दा आफन्तबाट टाढिनुपर्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। बच्चाहरूलाई बिमारीबाट जोगाउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा सुधार आउनेछ। प्रेम सम्बन्ध र शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्य सबल रहनेछ। व्यापार व्यवसायमा जीवनसाथीबाट सहयोग पाइएला। शेरय बाजारबाट लाभ आर्जन गर्न सकिएला। सकेसम्म यात्रा नगर्नुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खानपिनमा सावधानी अपनाउनुहोस्। शत्रुहरू सक्रिय रहनेछन्। अवसरवादीहरूले खुट्टा तान्नेछन्। नमागेसम्म अरूलाई सल्लाह नदिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) झुठो आरोप लाग्नाले अनावश्यक खर्चका योग छन् साबधान रहनुहोला। राजनीतिक क्षेत्रमा लाभ रहनेछ। मनबाट परेशान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिक्षित इच्छा र आकांक्षाको पूर्ति हुनेछ। सन्तानको प्रगतिले प्रसन्नता मिल्नेछ। प्रेम सम्बन्ध कसिने र दाम्पत्य जीवन सुखमय रहनेछ। अनावश्यक नबोल्नुहोस् नत्र समस्यामा पर्न सक्नुहुन्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)