हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

भद्रपुरका अर्जुन खरेललाई डि सिनेमा छाँयाछवि सम्मान

भद्रपुर । झापा सदरमुकाम भद्रपुरमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याइरहेका गायक तथा संगीतकार अर्जुन खरेललाई डि सिनेमा छाँयाछवि अवार्डबाट सम्मान गरिएको छ ।

Advertisement

काठमाण्डौमा नेपाल चलचित्र संघले आयोजना गरेको १५ औं डि सिनेमा छायाछवि नेसनल फिल्म अवार्ड २०८१ बाट खरेललाई राष्ट्रिय कलासंम्मान गरिएको हो ।

Advertisement

भद्रपुर १० केन्द्रमोड निवासी खरेल एक दशकयता निरन्तर गीत संगीतको क्षेत्रमा कृयाशील छन् । उनले आधुनिक, लोक पप र चलचित्रका दर्जनौ उत्कृष्ट गीत गायन तथा संगीत सिर्जना गरिसकेका छन् ।

सो कार्यक्रमको अवसरमा विभिन्न सम्मानहरुपनि गरिएको थियो । २५ वर्षभन्दा लामो समयसम्म सेवा गरी सकेपछि प्रदान गरिने चलचित्रकर्मी रजत सम्मान यस पटक हाँस्य अभिनेता जीतु नेपाल र पाश्र्व गायिका माण्डवी त्रिपाठीलाई प्रदान गरिएको थियो । सोही अवसरमा खासगरी रंगपत्रकारितामा दुई दशकभन्दा लामो समयदेखि कार्य गरिरहेका रंग पत्रकार मणिराज गौतमलाई १५,५५५।– राशीको छायाँछवि रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

सोही अवसरमा छायाँछवि विशेष सम्मानद्वारा अभिनेता सविन श्रेष्ठ सम्मानित भएका थिए । कार्यक्रममा छायाँछवि कलाकार सम्मानबाट वरिष्ठ कलाकार शिवहरी नेपाल बैरागी, छायाँछवि संगीत सम्मानबाट रुद्रशेखर शर्मा, छायाँछवि प्रदर्शक सम्मानबाट दिप्रश शाक्य, छायाँछवि कलाकारिता योगदान सम्मानबाट रोशन श्रेष्ठ, छायाँछवि कला सम्मानबाट विराज विष्ट, छायाँछवि संगीत सम्मानबाट अर्जुन खरेल र छायाँछवि फोटोग्राफी सम्मानबाट च्याङ्बा लामा सम्मानित रहेका थिए ।

१५ औं प्रिज्मा डि सिने अवार्डमा सांस्कृतिक प्रस्तुतीहरु पनि समेटिएको थियो । वरिष्ठ गायिका देवका वन्दना, गायिका माण्डवी त्रिपाठी, गायिका सहिमा श्रेष्ठले कार्यक्रममा गायन प्रस्तुती दिएका थिए भने अभिनेत्री पवित्रा आचार्य एवं मोडल प्रमिता राजघतानीले नृत्य मार्फत् मनोरञ्जन गराएका थिए । सोही अवसरमा हाँस्य कलाकार जीतु नेपालले आफ्नो हाँस्य प्रस्तुती मार्फत् मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा प्रथम अभिनेत्री भुवन चन्द, हाँस्य साम्राज्ञी बसुन्धरा भुषाल, मेलोडि किङ शम्भुजित बाँस्कोटा जस्ता मुर्धन्य व्यक्तिहरुको उपस्थित थियो । सोही अवसरमा वरिष्ठ निर्माता छविराज ओझा, आवाजको दुनियाको साथी दिनेश डिसी, वरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नृत्य संघका अध्यक्ष जनक कार्की, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, निर्देशक माधवराज खरेल, रंगपत्रकार एवं गीतकार सुमन वैरागी सहित विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)