समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

भद्रपुरमा नाबालिकामाथि जबरजस्ती करणी आरोपमा दुई युवक पक्राउ

भद्रपुर । झापाको भद्रपुरमा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार भद्रपुर नगरपालिका–५ निवासी २१ वर्षीय अक्षय सापकोटा र भद्रपुर नगरपालिका–३ निवासी २३ वर्षीय विवेक राई पक्राउ परेका हुन्।

प्रहरीका अनुसार मिति २०८२/०८/२७ गते साङ्केतिक नाम ब–१ (१५) र भ–१ (१३) घरबाट हिँडी बेपत्ता भएका थिए। मिति २०८२/०८/२९ गते परिवारजनले फेला पारी सोधपुछ गर्दा उनीहरू मिति २०८२/०८/२८ गते भद्रपुर बजारमा मेला घुम्ने क्रममा ती युवकहरूसँग भेट भएको बताएका थिए।

विज्ञापन (Advertisement)Advertisement

पीडितका कथनअनुसार आरोपितहरूले ललाइफकाइ गरी उनीहरूलाई अक्षय सापकोटाको घरमा लगेको र मिति २०८२/०८/२८ गते अन्दाजी दिउँसो १२:३० बजे छुट्टाछुट्टै कोठामा राखी जबरजस्ती करणी गरेको बताएका छन्। विवेक राईले साङ्केतिक नाम ब–१ माथि र अक्षय सापकोटाले साङ्केतिक नाम भ–१ माथि करणी गरेको आरोप छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाउँदै मिति २०८२/०९/०१ गते विवेक राई र मिति २०८२/०९/०२ गते अक्षय सापकोटालाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)