हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरमा ब्राउनसुगर कारोबारीमाथि प्रहरीको गोली, दुई जना पक्राउ

भद्रपुर / झापाको भद्रपुर नगरपालिका–८ मा प्रहरीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो ओमसाई पाथीभरा अस्पतालअगाडि प्रहरीले गोली चलाउँदा एक जना भारतीय नागरिक घाइते भएका छन् भने अर्का नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले शंकास्पद गतिविधि देखिएपछि गोली चलाएको जनाएको छ। पक्राउ परेकामध्ये एक जना भारतीय र एक जना नेपाली नागरिक भएको पुष्टि भए पनि प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

Advertisement

प्रहरीले उनीहरूबाट ब्राउनसुगर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले बरामद सामग्रीको तौल र प्रयोगबारे परीक्षण भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार यो घटनामा अन्य व्यक्तिहरू पनि संलग्न हुन सक्ने आशंकामा खोजी कार्य तीव्र बनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)