भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ४ स्थित डाँगीबारीबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। २०८३ साल वैशाख ११ गते बिहीबार अपराह्न करिब ४ बजेको समयमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका वडा नम्बर ४ सुन्दरपुर बस्ने २१ वर्षीय रोहित शर्मा र सोही ठाउँको सुकुम्बासी टोल बस्ने ४३ वर्षीय दीपक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

​जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको टोली र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरूको छातीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा खैरो हेरोइन जस्तो देखिने लिसिलो पदार्थ फेला पारेको थियो। उक्त बरामद लागूऔषध प्लाष्टिकसहित तौल गर्दा ६ ग्राम ४१० मिलिग्राम र प्लाष्टिक बाहेक ६ ग्राम १७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार