भद्रपुर, २४ माघ । मुस्ताङ्ग भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजन चौधरी ग्रुपको मुस्ताङ्ग बियरले गर्ने भएको छ । आज भद्रपुर स्थित होटेल आनि हेरीटेजमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी गराइएको हो ।

चौधरी ग्रुपका तर्फबाट नेस्नल सेल्स हेड युवराज खत्री र गोल्डकप आयोजकको तर्फबाट मुख्य प्रायोजको लागि दिपेश ढकालले पत्रकार सम्मेलन बिच सम्भौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सम्झौता कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, आयोजक समितिका बरिष्ठ उपाध्यक्ष आदित्य पराजुली, उपाध्यक्ष हिक्मत घिमिरे, महासचिब जीवनकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

उक्त पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका मेयर तथा गोल्डकपका संरक्षक गणेश पोखरेलले भद्रदपु झापा गोल्डकपले भद्रपुरको मात्र नभएर समग्र झापाली खेल प्रेमीहरुको लागि महत्वपुर्ण रहेको बताउनु भएको छ ।

नेपाल, भारत, बङ्लादेश र भुटानका गरि १० टिमको सहभागिता रहने गोल्डकममा प्रथम हुनेलाई १३ लाख र द्धितिय हुनेलाई ७ लाख दिने प्रत्रकार सम्मेलनमा बताईएको छ । मेचि रंगसालामा हुने ज्यादै रोमान्चक खेलहेर्न दर्शकले मात्र १० रुपयाको व्यभार ब्यहोर्नु पर्ने समितिले जनाएको छ । रु.१५० को टिकट भएता पनि प्रत्येक दर्शकलाइ रु.१४० बराबरको जुस उपलव्ध गराईने छ ।

भद्रपुर नगर पालिका भित्रका सवै विद्यालयमा अध्ययनरत विद्यार्थी, ६८ बर्ष माथिका जेष्ठ नागरीक र अपाङ्गता भएका नागरिकले भने निशुल्क खेल हेर्ने मौका पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले बताउनु भएको छ ।

गोल्डकपको प्रथम पुरस्कार रु.१३ लाख समाजसेवी टिका ढकालले आफ्ना आमाबुवा रामरेखा, लक्ष्मण ढकालको स्मृतिमा प्रदान गरेका छ्न भने द्धितिय पुरस्कार ७ लाख सुर्य प्लाई उद्योग बाट प्राप्त हुने पत्रकार सम्मेलनमा बताईएको छ ।

त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याच लाइ १० हजार मनोज सुब्बा वडा अध्यक्ष भद्रपुर ८ बाट प्राप्त हुनेछ । म्यान अफ द टुर्नामेन्टले भने १ लाख १ हजार रुपैयाँ स्व.भैरव रिमालको स्मृतीमा उहाँका परिवारबाट प्राप्त हुने जनाईएको छ ।

भिडीयाे हेर्न यहाँ क्लिक गर्नुहाेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार