झापा: भारतबाट अवैध रूपमा भन्सार छलि लुकाइछिपाई नेपालतर्फ ल्याइँदै गरिएको कपडा तथा जुत्ताका विभिन्न सामग्री झापामा नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी नायब निरीक्षक चन्द्रकुमार शाक्यको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलीले मिति २०८२ साल पुस १ गते बिहान करिब १० बजे मेचिनगर नगरपालिका–१० स्थित निन्दा पुल क्षेत्रमा सवारीसाधन जाँचका क्रममा उक्त सामान बरामद गरेको हो।
प्रहरीका अनुसार भारतबाट भन्सार छलि नेपाल ल्याइँदै गरिएको २०० थान सारी (प्रति थान रु. ५००), २०० जोर स्पोर्ट्स जुत्ता (प्रति जोर रु. ७००), २० जोर फुटबल जुत्ता (प्रति जोर रु. ७००), १५ जोर सिन्थेटिक लोफर जुत्ता (प्रति जोर रु. ७००) र ६ जोर चप्पल (प्रति जोर रु. ५००) नियन्त्रणमा लिइएको छ।
बरामद गरिएका कपडा तथा जुत्ताको कुल अनुमानित मूल्य रु. २ लाख ७५ हजार रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सामानहरू इलाका प्रहरी कार्यालय धुलाबारी, झापामा राखी आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

















