नाग पंचमी श्रावण शुल्क पक्ष पंचमी तिथिको दिन पर्दछ्र यस तिथिमा भगवान शिवको आभुषण नागको पूजा गरिन्छ्र नागको पूजा गरेर आध्यात्मिक शक्ति, सिद्धि र अपार धन प्राप्त गर्न सकिन्छ्र यदि कुण्डलीमा राहु(केतु खराब छ भने यस दिन विशेष पूरा गर्दा निकै लाभदायक हुन्छ्र भोली लाग पंचमी रहेको छ्र यो नाग पंचमीको दिन ३ राशिको लागि अत्यन्त शुभ रहेको छ्र

 – मेष राशि

नाग पंचमीको दिन भगवान शिव र नाग देवताको पूजा गर्दा कुण्डलीमा धनको स्थिति सुधार हुनेछ। लामो समयबाट पीडित व्यक्तिहरूको स्वास्थ्यमा सुधार आउनेछ। यस दिन तपाईंको लागि शुभ रंग सुनौलो र भाग्य प्रतिशत ६५ रहनेछ।

– वृष राशि

रोजगार र व्यवसाय सम्बन्धित समस्या हट्नेछ। परिवारमा सुख तथा समृद्धि छाउनेछ। महिलाबाट विशेष सहायता प्राप्त हुनेछ। यस दिन, तपाईंको लागि शुभ रंग सेतो र भाग्य प्रतिशत ७५ रहनेछ।

– मिथुन राशि

मिथुन राशिका व्यक्ति यस दिन थोरै सावधान हुन जरूरी छ। कुनै पनि महत्त्वपूर्ण काम बिग्रन सक्छ। कामको चाप बढ्नाले तनाब बढ्न सक्छ। नाग पंचमीको दिन पीपलको रूख मुनि बत्ती बाल्नु लाभकारी हुन्छ। यस दिन तपाईंको लागि शुभ रंग पहेँलो र भाग्य प्रतिशत ६० रहनेछ।

– कर्कट राशि

कर्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्न सक्छ। पदोन्नतिको योग रहेको छ। वैवाहिक सम्बन्धको लागि कुराकानी चल्न सक्छ। यस दिन, तपाईंको लागि शुभ रंग गुलाबी र भाग्य प्रतिशत ७० रहनेछ।

 – सिंह राशि

स्वास्थ्य सम्बन्धी समस्याहरू हट्नेछ। घरमा व्यस्तता हुनेछ। पैसा सम्बन्धी समस्याहरू पनि समाधान हुने देखिन्छ। ऋण दिएको पैसा फिर्ता हुने सम्भावना छ। यस दिन, तपाईंको लागि शुभ रंग आकाशी र भाग्य प्रतिशत ८० रहनेछ।

 – कन्या राशि

वैवाहिक तथा प्रेम सम्बन्धमा सुधार आउनेछ्र व्यापार व्यवसायमा नयाँ बाटो खुल्नेछ साथै विस्तार हुनेछ्र धन लाभको योग बन्नेछ्र यस दिन, तपाईंको लागि शुभ रंग हरियो र भाग्य प्रतिशत ९० रहनेछ।

 – तुला राशि

यस दिन भाग(दौड गर्दै व्यस्त रूपले बित्नेछ। कामको तनाव बढ्न सक्छ। नयाँ कार्य सुरु गर्न अत्यन्त शुभ समय रहेको छ। यस दिन तपाईंको लागि शुभ रंग आकाशी र भाग्य प्रतिशत ६० रहनेछ।

 – वृश्चिक राशि

रोजगार तथा व्यवसायमा अचानक नयाँ र ठूला अवसरहरू आउन सक्छन्। धन लाभको योग छ, तर खर्च पनि बढ्नेछ। यस दिन तपाईंको लागि शुभ रंग आकाशी र भाग्य प्रतिशत ७० रहनेछ।

 –  धनु राशि

करियरको मामलामा ठूलो र सकारात्मक परिवर्तन आउने सम्भावना रहेको छ। धनको स्थिति सुधार हुनेछ। झै(झगडा समाधान हुनेछ। यस दिन, तपाईंको लागि शुभ रंग सेतो र भाग्य प्रतिशत ८० रहनेछ।

– मकर राशि

लामो समय देखि अवरुद्ध रहेका महत्वपूर्ण कार्यहरू पूर्ण हुने देखिन्छ। पदोन्नतीको योग रहेको छ। अग्रजको सल्लाह लिएर काम गर्दा फाइदा हुन्छ। यस दिन तपाईंको लागि शुभ रंग पर्पल र भाग्य प्रतिशत ७० रहनेछ।

– कुम्भ राशि

व्यर्थको चिन्ताबाट टाडै रहनुहोला्र कार्यक्षेत्रमा लापरवाही गर्दा निकै खराब परिणाम आउन सक्छ। नाग पंचमीको दिन जरुरत परेकालाई सहयोग गर्नुहोस्। यस दिन तपाईंको लागि शुभ रंग क्रीमी र भाग्य प्रतिशत ६० रहनेछ।

– मीन राशि

घरमा मांगलिक कार्य सम्पन्न हुनेछ। आफन्तसँगको सम्बन्धितमा सुधार आउनेछ। माननीय तथा सम्मानित व्यक्तिसँग भेट्ने अवसर मिल्नेछ। यस दिन तपाईंको लागि शुभ रंग निलो र भाग्य प्रतिशत ७० रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार