हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मलाई प्रधानमन्त्रीबाट कसैले हटाउन सक्दैन – बालुवाटारबाट ओलीको सन्देश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध भारत र नेपालभित्रकै शक्ति लागिपरेको बताएका छन् । मदन भण्डारीको ६९औं जन्मदिनको अवसरमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने खेलमा भारत र नेपालभित्रकै शक्ति लागिपरेको बताएका हुन् ।

Advertisement

मुलुकको भूमि समेटेर नक्सा अद्यावधिक गर्दै जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेको दोहोर्‍याएका प्रधानमन्त्री ओलीले भने, ‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ, नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछस भनेको छ भने, यो नसोचे हुन्छ ।’

Advertisement

मुलुकको खोसिएको भूमि फिर्ता ल्याउनु आफ्नो गल्ती नभएको भन्दै उनले आफू देशका लागि प्रधानमन्त्री रहिरहनु पर्ने अवस्था रहेको बताए ।

प्रधानमन्त्रीमा आफू बसिरहन मन नभएको भन्दै प्रधानमन्त्री ओलीले भने ‘यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ । त्यसैले म आफ्ना लागि होइन, देशका लागि हो।’ आफूलाई प्रधानमन्त्रीबाट कसैलाई हटाउन नसक्ने आफूविरुद्ध लागेका शक्तिहरुलाई सन्देश दिएका ओलीले आफूले कुनै पनि गल्ती नगरेको जिकीर गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)