हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ११ महिना अगाडि

मलेसियामा जनसम्पर्क समितिको कार्ययोजना सार्वजनिक

क्वालालम्पुर, मलेसिया — परदेशमा रहेका नेपालीमाझ नेपाली कांग्रेसको विचार र नीतिलाई सशक्त बनाउन मलेसियास्थित नेपाली जनसम्पर्क समितिले विशेष बैठक सम्पन्न गरेको छ। बैठक समितिका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा भएको हो।

Advertisement

बैठकमा आगामी अधिवेशनको तयारी, संगठनको आन्तरिक व्यवस्थापन, सदस्यता नवीकरण अभियान तथा सामाजिक–राजनीतिक गतिविधिमा नेपालीहरूको सक्रिय सहभागिता कसरी सुनिश्चित गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको महासचिव हरि कोइरालाले जानकारी दिएका छन्।

Advertisement

अध्यक्ष पंगेनीले जनसम्पर्क समिति केवल परदेशमा संगठन मात्र नभई कांग्रेसको वैचारिक दूत भएको उल्लेख गर्दै, लोकतान्त्रिक मूल्य–मान्यता र जनअपेक्षाको प्रतिनिधित्व गर्न सबै कार्यकर्ता जिम्मेवार रहनुपर्नेमा जोड दिनुभयो। साथै, यहाँ रहेका श्रमिक समुदायका मुद्दा सम्बोधन गर्दै संगठनलाई अघि बढाउन सबैलाई आह्वान गर्नुभएको छ।

बैठकमा उपसभापति, महासचिव, कोषाध्यक्ष, क्षेत्रीय संयोजक, सल्लाहकार तथा क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको समितिले जनाएको छ। यसै क्रममा अन्य दल परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नेहरूको संख्या पनि उल्लेखनीय रहेको प्रवक्ता सरोज दाहालले जानकारी दिएका छन्।

बैठकले आगामी दिनमा विचार–विमर्श कार्यक्रम, कार्यकर्ता अभिमुखीकरण, प्रत्यक्ष संवाद र सञ्चार प्रवाहलाई थप व्यवस्थित बनाउन कार्ययोजना अघि सारेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)