हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ९ महिना अगाडि

मलेसियामा नेपाली दूतावास गैर जिम्मेवार बन्दै

 सरोज दाहाल।मलेसिया: २८ सेप्टेम्बर २०२५ देखि सम्पर्कविहीन रहेका गोरखा, गण्डकी प्रदेश निवासी राजेन्द्र क्षेत्री आज मलेसियामा भेटिएका छन्।

Advertisement

नेपाल सरकारको मलेसिया स्थित नेपाली राजदूतावासले खोजीका लागि सार्वजनिक सूचना जारी गर्दै सहयोगको अपिल गरेको थियो। तर, आज नेपाली जनसम्पर्क समिति मलेसियाका उपसभापति टेक बहादुर टमाटाले राजेन्द्र क्षेत्रीसँग सम्पर्क गरी तुरुन्तै दूतावासलाई जानकारी गराए पनि, दूतावासले प्रत्यक्ष उपस्थित नहुने विकल्प रोज्दै उनलाई एक गैरसरकारी संस्था (NGO) मार्फत व्यवस्थापन गरेको छ।

Advertisement

यो घटनाले नेपाली श्रमिकको सुरक्षा र राजदूतावासको जिम्मेवारीप्रतिको प्रश्नचिन्ह उठाएको छ। सम्पर्कविहीन नेपालीको खोजी तथा समन्वयमा संलग्न सबै संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै पनि, दूतावासको मौनता र कमजोर सक्रियता समाजमा विवादको विषय बनेको छ।

विशेषज्ञहरु भन्छन्, “नेपाली दूतावासको प्राथमिक जिम्मेवारी भनेको आफ्नो नागरिकको सुरक्षाको सुनिश्चितता गर्नु हो। यस किसिमको घटना यस जिम्मेवारीप्रति प्रश्न उठाउँछ।”

यसैबीच, मलेसियामा रहेका श्रमिक अधिकारकर्मी र नेपाली समुदायले दूतावासलाई थप सक्रिय बन्न र यस्ता घटनामा प्रत्यक्ष हस्तक्षेप गर्न आह्वान गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)