हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

महिला फुटबल खेलाडिले वीपीमा उपचार पाइनन् !

 धिजनबाबु काफ्ले ,विराटनगर l उदयपुरकी महिला फुटबलको उदयीमान खेलाडि समीक्षा मगर शुक्रवार दुर्घटनामा परी आँखामा समस्या देखिएपछि उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकोमा उनलाई कोरोना भाइरस भएको हुनसक्ने आशंका गरी आँखाको उपचारै नगरी आइसोलेसनमा राखिएपछि आफन्तले विराटनगर ल्याउनु परेको एन्फाका सहायक महासचिव वसन्तराज अर्यालले बताएका छन् ।

Advertisement

पछिल्लो समय उदयपुरको भन्ने वित्तिकै अस्पताल र चिकित्सकहरुले दुर्घट्नाका घाइते समेतको उपचार नगर्ने व्यवहार चिन्तको विषय बनेको उनले बताए । धरानमा वीपीले घाइतेको आँखा सम्म नहेरेपछि शनिवार विराटनगर ल्याइएको समीक्षाको आँखामा उपचारको ढिलाइले इन्फेक्सन भएर जटिल अवस्थामा पुगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

Advertisement

फुटबल खेलाडि उपचारका लागि ल्याइएको खबर पाए लगत्तै एन्फा र विराट सांग्रिला स्पोर्टिंग क्लवका पदाधिकारीहरु उनको स्थिति बुझ्न आँखा अस्पताल पुगेका हुन् । उपचारका लागि एन्फाका सहायक महासचिव वसन्तराज अर्यालले २५ हजार रुपया र विराट सांग्रिला स्पोर्टिंग क्लवबाट सचिव काशीराज पराजुली तथा सञ्जीव कोइरालाले २५ हजार समेत कुल ५० हजार रुपया तत्काल प्रदान गरेका छन् । कोरोना आशंकाकै भरमा विरामीको उपचार प्रभावित अवस्था आउनु दुर्भाग्यपूर्ण भएको क्लवका अध्यक्ष रुपेश अधिकारीले बताए ।

उदयपुरमा कोरोना संक्रमीतहरु फेला परेपछि उदयपुर ठेगाना बताएकै भरमा अस्पतालहरु विरामीको उपचार बाट पन्छिन थालेको छ । यसअघि उदयपुरकी एक गर्भवतीलाई नोबेल अस्पतालले अपरेशनकक्षबाटै कोरोना आशंकामा अन्त रिफर गरीएको समाचार आएको थियो । उदयपुरकी उदयीमान फुटबल खेलाडी संग धरान स्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानले दोश्रो पटक त्यस्तै व्यवहार गरेको र त्यस्को शिकार खेलाडि हुनुपरेकोमा उनले क्षोभ प्रकट गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)