हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

माक्काबी चेरीको पोस्टमा मेस्सी, नेयमार र एम्बाप्पेले गरे लगातार गोल, पीएसजीले निकाल्यो शानदार जित

हल्दिबारी,३० भदौ ।बुधबार राति युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएकामे खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले माक्काबी चेरीलाई ३–० गोल हराउन सफल भएको हो ।

Advertisement

खेलमा टिमका मूख्य खेलाडी लियोलन मेस्सी, नेयमार र किलियन एम्बाप्पेले नै पालै पालो एक एक गोल गरे । खेलको ३७औं मिनेटमा मेस्सीले गोल गरि टिमलाई अग्रता दिलाए ।

Advertisement

त्यसपछि खेलको ६९औं मिनेटमा नेयमार र ८८औं मिनेटमा एम्बाप्पेले गोल गरे । खेलमा माक्काबी चेरीले गोल गर्ने केही मौका पाए पनि गर्न सकेनन् । जितसँगै पीएसजी दुई खेलबाट ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)