नेकपा एमालेमा माधवकुमार नेपालपक्षमा रहेका र पछिल्लो समय उनको साथ छाडेका नेताहरुले एमाले एकता कार्यदलले गरेको १० बुँदे सहमति अक्षरशः कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिने निर्णय गरेका छन्। आज काठमाडौंमा बसेको यो समूहका स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्यहरु तथा संघीय संसद्का सदस्यहरुको भेलाले यस्तो निर्णय गरेको हो।

‘हामीले १० बुँदे सहमति अक्षरशः कार्यान्वयनका लागि अध्यक्ष ओलीलाई दबाब दिने निर्णय गरेका छौं,’ प्रतिनिधि सभा सदस्य दीपकप्रकाश भट्टले भने, ‘त्यसबारे केहीबेरमा लिखित धारणा पनि सार्वजनिक गर्दैछौं।’

ओलीले सहमति कार्यान्वयन नगरे एमालेबाट विद्रोह गर्ने बताइरहेका उनीहरुले यसबारे भने कुनै निर्णय गरेनन्। भेलामा एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य र सांसदहरुसमेत गरेर ५७ जना उपस्थित रहेको उनले बताए।