हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव : पहिलो पटक बोले प्रधानमन्त्री ओली !

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट गर्नुभएको छ ।जननेता मदनकुमार भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा आज आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, “माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन् ।

Advertisement

अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर । मलाई बहुला कुकुरले टोकेको छ र रु नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?” केही अघि विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा नेता नेपालले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको तर देउवालाई धोका नदिने जनाउनुभएको थियो ।

Advertisement

नेता नेपालले २०६३ सालमा हिमाल टाढाबाट देख्दा मात्रै राम्रो देखिन्छ भन्ने खालका मदन भण्डारीको अवमूल्यन गर्ने अभिव्यक्ति दिएको र आफूलाई आवश्यक पर्दा मात्र भण्डारीको नाम लिने गरेको अध्यक्ष ओलीले जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “माधव नेपाललाई कानमा भजनको चिनी हालिदिएको मन पर्छ । कहिले शेरबहादुर देउवा र कहिले प्रचण्डले त्यस्तो चिनी हालि दिएका छन् ।”

उहाँले नेता मण्डारी नामले नै एउटा विचार एउटा आन्दोलन, एउटा राजनीतिक हिसाबले सुसभ्य सुसंस्कृत विकसित राष्ट्र निर्माण गर्ने सहीप्रयासको संगम जनाउने धारणा राख्दै भण्डारीका विचारलाई कार्यान्वयन गर्नुपर्ने उत्तरदायित्व पूरा गर्न भने बाँकी नै रहेको बताउनुभयो ।

भण्डारी सही विचार चिन्तक हुनुका साथै तिनको कार्यान्वयनका लागि अगुवाइ र संगठित प्रयास गर्ने व्यक्ति भएको बताउनँदै त्यसैले केही वर्षअघि सञ्चारमाध्यमले गरेको सर्वेक्षणले २० औं शताब्दीको नेपाली राजनीतिलाई सबै भन्दा बढी प्रभावित गर्ने भण्डारी शताब्दी नायक भएको बताउनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)