राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने, प्रदेशसभामा दर्ता गरे प्रस्ताव

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज प्रदेशसभामा प्रस्ताव दर्ता गरेका छन्। दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण मुख्यमन्त्रीले स्वकीय सचिव सन्दिप राईमार्फत आज प्रस्ताव दर्ता गराएका हुन्।

Advertisement

मंगलबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन आज प्रस्ताव दर्ता गरीएको मुख्यमन्त्री राईका स्वकीय सचिव राईले जानकारी दिए। गत कात्तिक १६ गते पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए।

Advertisement

मंगलबार विश्वासको मत लिएपछि मात्रै उनले सरकार विस्तार गर्ने अभिव्यक्ति दिँदै आइरहेका छन्। सत्ता पक्षीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article