हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मेलेसियामा उदयपुरका एक युवक सुतिरहेकै अवस्थामा मृत भेटिए

मलेसिया। मलेसियामा एक जना नेपालीको सुतेकै अवस्थामा निधन भएको छ। सेलाङ्गर पेटालिङ्जया स्थित ग्लोम्याक सेन्ट्रोमा सुरक्षागार्डको रुपमा कार्यरत उदयपुर सिवाई निवासी टँक बहादुर सार्कीको बुधबार राती निधन भएको हो।

Advertisement

सार्कीको सुतिरहेकै अवस्थामा निधन भएको उनीसँगै काम गर्ने भिमबहादुर क्ष्रेष्ठले हल्दीबारी डटकमलाई जानकारी दिएका छन्।

Advertisement

करिब करिब चार महिना अगाडी सार्की रोजगारीको लागि मलेसियाको मुवाज सेक्युरिटी फोर्समा पुगेका थिए। मृतक सार्कीको शव अहिले पोस्टमार्टमको लागी मलेसियन प्रहरीको रोहबरमा स्थानीय अस्पतालमा लगिएको कम्पनीले बताएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)