हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मेस्सीले आज पिएसजीबाट डेब्यु गर्ने

हेमन्त मैनाली , हल्दिवारी । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)बाट आज डेब्यु गर्ने भएका छन् ।आइतबार राती घरेलु मैदानमा हुने खेलमा मेस्सीले राइम्सविरुद्ध डेब्यु गर्ने भएका हुन् । खेल अघि पीएसजीले सार्वजनिक गरेको अन्तिम २२ खेलाडीको नाममा मेस्सी समेटिएका हुन् । खेल नेपाली समयअनुसार आइतबार मध्यराति साढे १२ बजे सुरु हुनेछ ।

Advertisement

मेस्सीसँगै नेयमार र केलियन एम्बाप्पेसमेत लिष्टमा छन् । तिनै खेलाडीले पीएसजीको अट्याकिङ लाइन समाल्ने अनुमान गरिएको छ । अर्का स्ट्राइकर इकार्डीले चोट बोकेपछि मेस्सी राइम्सविरुद्ध देखिने भएका हुन् ।

Advertisement

तर, अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएपछि मैदान नउत्रिएका मेस्सी सुरुवाती ११ मै खेल्नेमा भने शंका रहेको छ । पूर्णरुपमा फिट नभएकाले मेस्सी दोस्रो हाफमा डेब्यु गर्न सक्छन् ।उनी सुरुवाती ११ मै खेलेर पनि मैदान छाड्न सक्छन् । मेस्सीले अन्तिमपटक कोपा उपाधि जित्दा ११ जुलाईमा खेलेका थिए । ‘उनी धेरै खेल्न पे्ररित छन्’, पीएसजी बोस माउरिको पोचेटिनोले भने ।

यसअघि तीन खेल खेलिसकेको पीएसजी तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलको पीएसजीसँग ३ खेलबाट ९ अंक रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)